काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहालसंग जवाफ माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । यस्तो अवस्था आउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि संघीय संसद भवनमा पत्रकार सम्मेलन गरेर थापाले प्रधानमन्त्री प्रचण्डले के चाहेको हो त्यो भन्नुपर्ने बताए । 

एमालेले संसदमा अप्रिय स्थिति सिर्जना होस् भनेर लागेको प्रष्ट देखिएको उनको आरोप छ ।